रुपा कोइराला । बैंकमा जागीर खान भनेर गएका धेरै जसो मान्छेहरु रित्तो हात फर्किने गरेका छन् । बैंकहरुले सयौँको संख्यामा कर्मचारी माग गरिरहेपनि आफूहरुलाई नराखेको भन्दै रिजेक्ट भएकाहरुले बैंकको आलोचना समेत गर्ने गरेका छन् । बैंकहरुले आफन्तहरुलाई राखेर आफूलाई नराखेको उनीहरुको आरोप छ । यता, बैंकहरु भने यो आरोप झुटो भएको दाबी गर्दै आएका छन् । बैंकमा जागीर गर्न आवश्यक ज्ञान तथा योग्यता नभएकै कारण आफूहरुले रिजेक्ट गर्ने गरेको बैंकहरु बताउँछन् ।
’बेस्ट अफ दी बेस्ट’को छनौट
बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी सम्हालेको संस्था हो । त्यसैले, यहाँ सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा मेनेजमेन्ट पढेका विद्यार्थीहरुको खाँचो छैन । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तीमध्येबाट बैंकले सबैभन्दा उत्कृष्टलाई छान्छ । बाँकी रहेका उम्मेदवारहरु स्वतः रिजेक्ट हुन्छन् ।
शैक्षिक योग्यताका भरमा जागीरको आस
शैक्षिक योग्यताकै भरमा राम्रो जागीरको आस गर्ने प्रचलनले पनि युवाहरु बेरोजगार नै बस्नुपरेको देखिन्छ । व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा त जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । बैंकसम्बन्धी थोरै पनि जानकारी नभएको, अनुभव पनि नभएको कर्मचारीलाई बैंकले नियुक्त गर्दैन । यसकारण पनि धेरै जना रिजेक्सनमा पर्ने गरेका छन् ।
बैंकसम्बन्धी सामान्य जानकारीको पनि अभाव
कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायतका विषयमा पनि जवाफ दिन नसक्नेहरुलाई बैंकले नियुक्त गर्दैन ।
सहकारी र फाइनान्सबारे अन्यौल
कुनै सहकारीमा काम गर्ने व्यक्तिलाई तपाईँ केमा काम गर्नुहुन्छ ? भनेर सोध्दा ‘फाइनान्समा’ भन्ने गरेको धेरै भेटिन्छ । उनीहरुलाई सहकारी र फाइनान्सबीचको फरक थाहा नहुँदा यस्तो समस्या आएको छ । उता, बैंकमा जागीरको लागि जाँदा पनि सहकारीमा काम गरेको अनुभवलाई फाइनान्समा गरेको भन्ने गरेको पाइएको छ । यस्ता कर्मचारीहरुलाई पनि बैंकले कुनै पद दिएर जिम्मेवारी सुम्पिन चाहाँदैन ।
वित्तीय साक्षरताको कमी
नेपालमा वित्तीय साक्षरताको एकदमै कमी छ । अझै पनि पैसा राख्नको लागि तथा कर्जा लिनका लागि बैंकलाई विश्वास नगर्नेहरु अत्याधिक छन् । यस्तो अवस्था गाउँमा मात्र हैन सहरमा पनि छ, अनि निरक्षरहरुमा मात्र नभएर पढेलेखेकाहरु बीचमा पनि छ । पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान उनीहरुसँग छैन । बैंकमा नै काम गर्ने भएपछि त झन् यो विषयमा जानकारी भइरहनु अत्यन्त जरुरी हुन्छ । यस विषयमा जानकारी नभएकै कारण पनि कतिपयलाई रिजेक्ट गर्न आफूहरु बाध्य भएको बैंकहरुको भनाई छ ।
सानो पदबाट काम गर्न हिच्किचाहट
कतिपय बैंकहरुले भ्याकेन्सी खोल्दा यसले अनुभवीलाई मात्र राख्छ, हामीले कहाँबाट ल्याउने अनुभव भन्ने खालका अनेकौँ प्रतिक्रिया आउने गरेको छ । तर, बैंकहरुले सँधै अनुभवीलाई मात्रै नियुक्त गर्दैनन् । अनि, बैंकहरुले आफैँ पनि अनुभवका लागि प्रशिक्षार्थी तथा इन्टर्न्सिपको रुपमा कर्मचारीहरु राखिरहेका छन् । सुरुमा छ महिना अर्थात एक वर्षसम्म प्रशिक्षण दिएर, पछि नियुक्त गर्ने गरी पनि बैंकहरुले कर्मचारी माग गरिरहेका हुन्छन् । तर, स्नातक वा स्नातकोत्तर गरिसकेकाहरु सिधै ठूलो पदमा नियुक्त हुन खोज्छन् । प्रशिक्षार्थीको रुपमा काम गर्न हिच्किचाउने हुँदा उनीहरुसँग बैंकमा काम गर्न आवश्यक व्यवहारिक ज्ञान हुँदैन र व्यवहारिक ज्ञान भएकाहरुले जागीर पाउँदा उनीहरुसँगै प्रतिष्पर्धामा गएकाहरु स्वतः फालिन्छन् ।
यसै तथ्यलाई मध्यनजर गर्दै आगामी भाद्र १८ गतेदेखि २५ गतेसम्म मिडिया इन्टरनेशनलको आयोजनामा ‘बैंकिङ जब ट्रेनिङ‘ संचालन हुने भएको छ । दैनिक दुई घण्टाका दरले आठ दिनसम्म चल्ने तालिममा सबै उमेर समूहका मानिसले भाग लिन पाउनेछन् । तालिममा सहभागी हुनका लागि सात हजार रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।
बैंकिङ जब ट्रेनिङ किन ?
पछिल्लो समय बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको संख्या अत्याधिक बढेको छ । बैंकिङ क्षेत्रमा पनि रोजगारीको अवसर आइरहेको छ । यद्यपि, व्यवस्थापन संकायमा नै अध्ययन गरेका विद्यार्थीहरु पनि बैंकमा जागीर नपाएर भौतारिरहेका छन् । बैंकमा जागीरको लागि एप्लाई गर्दा आफ्नो योग्यता पुगेर पनि बैंकले राखेन भन्ने गुनासो उनीहरुको छ । तर, बैंकहरु भने जागीरका लागि आउनेहरुसँग किताबी ज्ञान मात्रै भएको र बैंकबारे सामान्य जानकारी पनि नभएको बताउँछन् । व्यवस्थापन संकायमा स्नातक वा स्नातकोत्तर गरेर पनि बैंकमा प्रवेश गर्न नसकेकाहरुलाई लक्षित गरेर बैंकसम्बन्धी सम्पूर्ण जानकारीहरु उपलब्ध गराउने उद्देश्यले उक्त तालिमको आयोजना गर्न लागिएको मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् बैंक जब ट्रेनिङका संयोजक माधव निर्दोषले बताए । नेपाल राष्ट्र बैंकका विज्ञ तथा विभिन्न बैंकका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।
कस्ता जानकारी पाइन्छ ?
यो सात दिने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी तालिमले प्रदान गर्नेछ । साथमा बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा पाइनेछ । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा विस्तृतमा जान्नका लागि यो बैंकिङ जब ट्रेनिङ उपयोगी हुने बताइएको छ ।
विस्तृत जानकारीका लागि 014102606 र 9861315117 तथा इमेल ठेगाना mediainternationalnp@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।