नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमाा तीन अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष नेपाल बैंकले दुई अर्ब ८८ करोड खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकको चुक्ता पुँजी आठ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको मध्यसम्ममा ऋणत्मक रहेको नेपाल बैंकको जगेडाकोष तीन अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा मात्रै बै
ंकले जगेडाकोषमा तीन अर्ब २६ करोड रुपैयाँ थप गरेको हो ।
यो अवधिमा नेपाल बैंकले ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा १२ अर्ब १६ करोड लगानी गरेको छ । ब्याज आम्दानीबाटै सात अर्ब ५६ करोड रुपैयाँ कमाएको बैंकले एक अर्ब ७२ करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।
असार मसान्तसम्ममा नेपाल बैंकको खराव कर्जा ३ दशमलव १७ प्रतिशत, प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३ पैसा तथा प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।
वि.सं १९९४ सालमा स्थापित भई नेपालको वित्तीय सेवा प्रवाहमा अगुवाई गर्दै आठ दशक यता नेपालको आर्थिक सामाजिक विकासमा अविच्छिन्न रुपमा संलग्न रही आएको यस बैकमा नेपाल सरकारको ६२.५५ प्रतिशत स्वामित्व रहेको छ । हाल देशका १३१ शाखामार्फत साढे १५ लाख ग्राहकलाई नेपाल बैंकले प्रत्यक्ष सेवा पुर्याइरहेको छ ।