२०७४ श्रावण २६ गते

खेतीयोग्य जग्गा घडेरीका रुपमा किनबेच गर्न नपाईने

यदी तपाईले खेत वा बारीमा घर बनाउने योजना बनाउनु भएको छ वा खेत बारी किनेर घडेरीमा विक्रि गर्ने चाहाना राख्नुभएको छ भने अब त्यसो गर्न कठिन छ । कृषि योग्य भूमि अब घर घडेरीका रुपमा बिक्रि गर्न बन्देज गरिएको छ । कृषियोग्य जमिन घडेरीमा परिणत हुँदै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । भूमिसुधार मन्त्री गोपाल दहितले पत्रकार सम्मेलन मार्फत यस्तो घोषणा गरे । कृषियोग्य जमिनलाई घडेरीका रुपमा कित्ताकाट गर्न र बिक्री वितरण गर्न नपाइने उनले बताए । अंशबण्डा भएको अबस्थामा अनुमति लिएर घर बनाउन पाइने छ । जग्गाधनीले वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाउने मन्त्री दहितले बताए । सरकारबाट जग्गा प्लटिङको अनुमति विना काम गरेमा त्यस्ता घडेरी पास हुने छैनन् ।