अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ मौद्रिक नीतिको पूर्ण रुपमा स्वागत गरेका छन् । हालै एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले दीर्घकालीन हित गर्ने बताएका छन् । साथमा उनले मौद्रिक नीतिप्रति गुनासो नगर्न निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् ।
नयाँ मौद्रिक नीतिले लगानीलाई निरुत्साहित गरेको गुनासो निजी क्षेत्रको छ । यद्यपि, मौद्रिक नीति सबै क्षेत्रका लागि राम्रो रहेको भन्दै अर्थमन्त्रीले विरोधमा नलाग्न अनुरोध गरेका छन् । बरु, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लिएको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन उनले आह्वान गरेका छन् ।
सरकारले लिएको आर्थिक वृद्धि हासिल गर्न र मूल्य वृद्धि ७ प्रतिशत कायम राख्न मौद्रिक नीतिले लिएका नीति उत्कृष्ट रहेको र अघिल्लो आवको आर्थिक वृद्धिको आधारमै चालू आवमा ७.२ प्रतिशतको वृद्धि हासिल गरिने उनले बताए ।
अर्थमन्त्री कार्कीले निजी क्षेत्रका सबै खाले समस्या समाधान गर्न सरकार तयार रहेको बताए । निजी लगानी मुलुकका लागि महत्वपूर्ण भएकाले निजी क्षेत्रलाई प्रवद्र्धन गर्न आफू सदैव तयार रहेको उनको भनाइ छ । व्यापार घाटा कम गर्नु चुनौती भएकाले आन्तरिक उत्पादन वृद्धि गर्नुपर्ने मन्त्री कार्कीको जोड छ ।