गत आर्थिक वर्षमा नेपालले डरलाग्दो व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक वर्षमा मात्रै देशमा एक अर्बभन्दा धेरैको व्यापारघाटा भएको छ । सो अवधिमा वस्तु व्यापारघाटा मात्रै आठ खर्ब २८ अर्बको भएको छ । मुलुक आयातमुखी भइरहँदा हरेक वर्ष व्यापरघाटा व्यहोर्नु परेको हो । अघिल्लो वर्ष ९ दशमलव १ प्रतिशत रहेको निर्यात आयात अनुपात समीक्षा अवधिमा ७ दशमलव ७ प्रतिशत रहेको छ ।
यो अवधिमा पाँच खर्ब ७३ अर्बको आयात भएको तथ्यांक छ । आयातको कर, भ्याट र अन्तशुल्कबापत सरकारले एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन गरेको छ । राजश्व विभागको पछिल्लो तथ्याङ्कअनुसार, विदेश निर्यातबाट भने देशमा रू. ५ अर्ब ३३ करोड मात्र भित्रिएको छ ।