Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धेरै स्थानीय तहमा शाखा खोल्न लागेका आधा दर्जन बैंकहरु

२०७४ श्रावण ६ गते

नेपालका ७४४ स्थानीय तहमध्ये ४१२ वटामा बैंकको नाम निशाना छैन । सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारको योजनाबमोजिम अब वाणिज्य बैंकहरु २४४ स्थानीय तहमा पुग्दैछन् । स्टान्डर्ड चार्टर्ड बैंकबाहेक, २७ वटा वाणिज्य बैंकले शाखा खोल्ने स्थानीय तहको टुंगो लागिसकेको छ । जसमध्ये, सबैभन्दा धेरै शाखा खोल्न लागेका आधा दर्जन बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ :

प्रभु बैंकले सबैभन्दा धेरै ३१ वटा शाखा विस्तार गर्ने भएको छ । प्रभुले प्रदेश नं. १ को चार वटा, प्रदेश नं. २ को चार वटा, प्रदेश नं. ४ को १४ वटा, प्रदेश नं. ५ को २ वटा, प्रदेश नं. ६ को ४ वटा र प्रदेश नं. ७ को ३ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । प्रभु शाखा विस्तार गर्न लागेका सबै स्थानीय तह गाउँपालिका हुन् । हाल मुलुकभर प्रभु बैंकका १३३ शाखा सञ्चालनमा छन् । जसमध्ये, ४४ वटा शाखा उपत्यकाभित्र छन् भने बाँकी ८९ वटा शाखा उपत्यकाबाहिर छन् ।

सनराइज बैंकले १९ वटा स्थानीय तहका शाखा खोल्दैछ । सनराइजले प्रदेश नं. १ को ३ वटा, प्रदेश नं. २ को ४ वटा, प्रदेश नं. ३ को २ वटा, प्रदेश नं. ४ को एउटा, प्रदेश नं. ५ को ४ वटा, प्रदेश नं. ६ को एउटा र प्रदेश नं. ७ को ५ वटा स्थानीय तहमा शाखा खोल्नेछ । हाल सनराइज बैंकका उपत्यकाबाहिर ४१ र उपत्यकाभित्र ३० गरी ७१ वटा शाखा सञ्चालनमा छन् ।

 

नेपाल इन्भेष्टमेन्ट बैंकले १८ वटा स्थानीय तहमा शाखा खोल्दैछ । जसमध्ये, प्रदेश नं. १ को ३ वटा, प्रदेश नं. ३ को ५ वटा, प्रदेश नं. ४ को एउटा, प्रदेश नं. ५ को ४ वटा, प्रदेश नं. ६ को २ वटा र प्रदेश नं. ७ को ३ वटा स्थानीय तह रहेका छन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकका ६१ वटा शाखा सञ्चालनमा छन् ।

 

त्यस्तै, जनता बैंकले १५ स्थानीय तहमा शाखा विस्तार गर्दैछ । जनताले प्रदेश नं. १ को २ वटा, प्रदेश नं. २ को ३ वटा, प्रदेश नं. ३ को २ वटा, प्रदेश नं. ४ को ३ वटा, प्रदेश नं. ५ को २ वटा, प्रदेश नं. ५ को २ वटा र ७ को एउटा स्थानीय तहमा शाखा खोल्नेछ । हाल जनता बैंकको उपत्यकाबाहिर ५१ र उपत्यकाभित्र १३ वटा गरी ६४ वटा शाखा सञ्चालनमा छन् ।

 

कुमारी बैंकले १३ वटा स्थानीय तहमा शाखा खोल्ने भएको छ । बैंकले प्रदेश नं. १ र २ को १/१ वटा, प्रदेश नं. ३ को २ वटा, ४ को ४ वटा, ५ को २ वटा तथा ६ र ७ को १/१ वटा स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्नेछ । हाल मुलुकभर कुमारी बैंकका उपत्यकाभित्र २४ र उपत्यकाबाहिर ५१ गरी ७५ वटा शाखा सञ्चालनमा छन् । 

त्यसैगरी, मेगा बैंकले ११ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । जसमध्ये, प्रदेश नं. १ को २ वटा, प्रदेश नं. २ को ३ वटा तथा प्रदेश नं. ३, ५ र ७ को २/२ वटा स्थानीय तह परेका छन् । हाल मुलुकभर मेगा बैंकका ४४ वटा शाखाहरु सञ्चालनमा छन् । जसमध्ये, ४४ वटा उपत्यकाबाहिर छन् भने बाँकी १० वटा उपत्यकाभित्र छन् । 

Ad