सेयर ब्रोकरले अहिले नै मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता हुनुनपर्ने भएको छ । साउन १ गतेलेखि नै सेयर ब्रोकारको कमिसनमा १३ प्रतिशत भ्याट लगाउने भनिएकोमा मोडालिटी नै तयार नभएपछि तत्कालका लागि ब्रोकरहरुले भ्याटमा दर्ता हुनुनपर्ने भएको हो ।
अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई मोडालिटी बनाएर मात्रै भ्याट कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । तर, सेयर ब्रोकरको कमिसनमा भ्याट लगाउने बारेमा विञहरुबीचको धारणा नै एकअर्कामा बाझिएपछि कार्यान्वयनको पाटो अन्यौलमा परेको हो ।