Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मजबुत बन्दै जनता बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंकको औपचारिक विलय

२०७४ असार ३० गते

एउटा इतिहास बनाएको राष्टिय स्तरको विकास बेंक सिद्धार्थ डेभलपमेन्ट बैंकको औपचारिक रुपमा विलय भएको छ  । उक्त बेंक शुक्रबारबाट औपचारिक रुपमा जनता बेंक बनेको छ । यसअघिका विभिन्न वित्तीय संस्था गाभेको जनता बेंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि  शाखा सञ्जालमा अब्बल देखिन पुगेको छ । शुक्रबारदेखि सिद्धार्थ डेभलमेन्ट बैंक र  जनता बेंकको एकिकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको सुरुवातका लागि थापाथलीस्थित टेड टावरमा आयोजित विशेष समारोहमा जनता बैंकका प्रमुुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले सिद्धार्थसँगको मर्जरपछि जनता बैंकको शाखा संख्या ११३ पुुगेको बताए । उनका अनुसार शाखा सञ्जालको हिसाबले बैंक देशकै ५ औं ठूलो वाणिज्य बैंक बन्न पुगेको छ । उनले बैंकमा ४ लाख ५० हजार माथि ग्राहक पुगेको बताए । उनले सिद्धार्थको प्राप्तिपछि ७ अर्बको हाराहारीमा चुक्तापुँजी पुुगेको र बोनस सेयर दिएर राष्ट्रबैंकले तोके अनुसार ८ अर्ब चुक्तापूँजी पुर्याउने उल्लेख गरे ।  एकीकृत कारोबार शुुभारम्भ समारोहको नेपाल राष्ट्रबैंकका कामुु गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका थिए । कार्यक्रममा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझी, सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारी, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाह, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरत ढकाल, लगायतको सहभागिता थियो । 

Ad