एस डेभलपमेन्ट बैंक बिहीबारबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा औपचारिक विलय भएको छ । नेपाल इन्भेष्टमेनटले एस डेभलपमेन्टलाई एक्विजिशन गरी आज बिहीबारबाट एकिकृत कारोबार शुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकले तोके अनुसारको ८ अर्व चुक्ता पूँजी यस अघि नै पुर्याइसको नेपाल इन्भेष्टमेन्टको चुक्ता पूँजी एसलाई एक्विजिशन पश्चात ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यी दुइ संस्थाको स्वाप खरिद रेसियो १०० बराबर ४१ कायम गरिएको छ । प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय २४ अर्ब र कूलकर्जा १ सय ७ अर्ब पुगेको छ भने शाखा संख्या ६१ भएको र एटिएम संख्या ९८ पुगेको बैंकले जनाएको छ ।