Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बोर्डको निर्देशन पछि खुल्यो नेशनल हाइड्रोको शेयर कारोबार

२०७४ असार २८ गते

नेपाल धितोपत्र बोर्डले शेयर कारोबार खुला गर्न निर्देशन दिए पछि नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर कारोबार खुला भएको छ । धितोपत्र बोर्डले निर्देशन दिएपछि बुधबारबाटै नेशनल हाइड्रो पावरको शेयर कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

कम्पनीको बिरुद्धमा उजुरी परेपछि असार ७ गतेदेखि नेशनल हाईड्रोको शेयर कारोबार बन्द भएको थियो । बोर्डले आवश्यक छानबिन गरी शेयर कारोबार खुला गर्न निर्देशन दिएको जनाएको छ ।
 

Ad