तपाई शेयरमा लगानी गर्ने हो ? हो भने तयार हुनुहोस् टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले ४० करोड रुपैयाँ बराबरको सार्वजानिक सेयर आइपीओ जारी गर्दै छ । उसले चुक्ता पुँजीको २० प्रतिशत आइपिओ निष्काशन गर्न लागेको हो । प्रालिको रुपमा रहँदै आएको यो कम्पनी अब पव्लीक कम्पनीका रुपमा अघि बढेको छ । टेलिभिजन सेवा प्रदायक क्षेत्रमा डिजिटल अन्तरगत उक्त कम्पनीले ठुलो भोलुम ओगटेको छ । उक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसहिसाबले ४० करोड रुपैयाँको आइपिओ आउँदैछ । नेपालमा सेटेलाइटको माध्यमबाट विभिन्न च्यानलहरु मार्फत पहिलोपटक डिजिटल सिस्टम सुरु गरेको यो कम्पनी सेवा प्रदायक कम्पनी हो ।