चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत कडाइ गरिएको ‘अटो लोन’ मा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ३५ प्रतिशत डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सकिने व्यवस्था गरेको हो । अहिले ५० प्रतिशत रहेको कर्जा सीमालाई बढाएर राष्ट्र बैंकले ६५ प्रतिशत पुर्याउन लागेको हो । सवारीसाधन बिक्रेताले गाडीको कर्जा सीमालाई ७० प्रतिशत पुर्याउन माग राख्दै आएका थिए ।