Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई जोडी बैंकहरु एकीकृत कारोबार थाल्ने अन्तिम तयारीमा

२०७४ असार २४ गते

यही असार महिनाभित्र दुई जोडी बैंकहरुले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी फाइनान्स एकआपसमा गाभिएर यही असार २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् भने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर यही असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ ।

गत वैशाख २८ गते सम्पन्न साधारणसभाबाट पारित भएबमोजिम लुम्बिनी फाइनान्स एण्ड लिजिङको एक सय कित्ता सेयर बराबर भिवोर सोसाइटीको ८० कित्ता सेयर आदान प्रदान गर्ने गरी भिबोर र लुम्बिनी मर्जरमा गएका हुन् । मर्जरपछि बन्ने बैंकको नाम लुम्बिनी विकास बैंक लिमिटेड रहने भएको छ । यस बैङ्कको मर्जर प्रक्रियाको लागि २०७३ माघ २५ गतेबाट हालसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहेको छ ।

यता, एसको एक सय कित्ता बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी एस र नेपाल इन्भेष्टमेन्ट बैंक एक्विजिसनमा गएका हुन् । एक्विजिसनपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्तापुँजी नौ अर्ब २० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । एक्विजिसन सम्झौता गरेको झण्डै आठ महिना पछि दुवै बैंकले विशेष साधारण सभा आह्वान गरी केही समयअघि मात्रै एक्विजिसन प्रस्ताव पारित गराएका थिए ।

Ad