कर्जा लगानी योग्य रकम अभाव भएपछि बैंकहरुले महँगो व्याजमा निक्षेप तानेर पुँजीको जोहो गरिरेका छन् । पुँजीको अभावमा लगानी विस्तार गर्न नसकेपछि बैंकहरुले महँगो व्याज दिएर भएपनि निक्षेप तान्ने उपाय लगाएका हुन् ।
यद्यपि, सबै बैंकहरुको भने यस्तो अवस्था छैन । २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेकोमा ९।१० वटा बैंकहरुमा लगानी गर्ने पुँजी छैन । त्यसैले, उनीहरु कतिपय कर्जा नै रोकेका छन् । अहिले मुद्दति निक्षेपमा व्यक्तिगत निक्षेपकर्तालाई ११ प्रतिशतसम्म ब्याज दिइरहेका बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई भने अझै १४ प्रतिशत व्याजदर प्रस्ताव गरिरहेका छन् ।