Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

स्वीस बैंकमा पैसा राख्ने भारतीयको संख्या वर्षेनि घट्दै

२०७४ असार २१ गते

स्वीस बैंकमा पैसा राख्ने भारतीयको संख्या क्रमशः घट्दै गएको पाइएको छ । सन् २००७सम्मको अवधिमा स्वीसमा पैसा राख्ने मुलुकहरुको शीर्ष ५०को सूचीभित्र पर्ने गरेको भारत हाल ८८ औँ स्थानमा छ । सन् २०१४मा भारत यो सूचिको ६१ औँ स्थानमा थियो भने २०१५मा ७५औँ स्थानमा थियो । 

हाल आधिकारिक रुपमा स्वीस बैंकमा पैसा राख्ने भारतीयको संख्या सबै विदेशीको संख्याको ०.०४ प्रतिशत मात्रै छ । यो सूचिको पहिलो नम्बरमा बेलायत रहेको छ । कुल विदेशीको २५ प्रतिशतभन्दा बढी बेलायतीले स्वीस बैंकमा पैसा राखेका छन् ।