Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरघरमा पुग्यो सामाजिक सुरक्षा भत्ता

२०७४ असार २१ गते

देलेखको नौमुले गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने भएको छ । जेष्ठ नागरिक तथा अशक्तलाई सहयोग पुग्ने भन्दै घरघरमा भक्ता पुर्याउने गाउँ कार्यपालिकाले निर्णय गरेको हो । जेष्ठ नागरिक र अशक्तलाई वडा कार्यालय सम्म आउँदा सास्ती बेहोर्नुपर्ने भएका कारण उनीहरुको सहयोगको लागि घरघरमै भत्ता पुर्याइदिने निर्णय गरेको नौमुले गाउँपालिकाका एक सदस्यले बताए । ति सदस्यका अनुसार अब गाउँपालिकाका सम्बनिधत वडाका कर्मचारीहरुले सम्बनिधत व्यक्तिलाई भेटेर घरमै भत्ता वापत पाउने रकम दिने छन् । 

सरकारले सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत भन्ने कार्यक्रम ल्याइरहेका बेला नौमुले गाउँपालिकाले भने यस्तो निर्णय गरेको हो । नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले अहिले सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत भुक्तानी हुने भनेर नियम बनाइरहेका छन् । बैंक खाता मार्फत भुक्तानी दिदा पारदर्शीता हुने भएकाले यो नीति लिएको राष्ट्र बैंकले जनाएको छ । यस अघि पनि सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत वितरण गर्ने सरकारले योजना बनाएको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । 

Ad