Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिको अन्तिम तयारी

२०७४ असार २० गते

नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति अबको पाँच दिन भित्रमा नै सार्वजनिक गर्ने बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालाहरुको सुझाव संकलन गरिसकेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा कम्पनीहरु लगायत उद्योग व्यवसायीहरुले आआफ्नो तर्फबाट सुझाव पेश गरिसकेका छन् । सबैको सुझावको उचित सम्बोधन गर्दै आर्थिक तथा वित्तीय क्षेत्रलाई अझ सबल बनाउने खालका व्यवस्थासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन लागिएको छ । 

Ad