Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्रोकरको कमिशनमा लाग्ने भ्याटवापत लगानीकर्ताले कुनै शूल्क तिर्नु नपर्ने

२०७४ असार १८ गते

सेयर लगानीकर्ता संघ नेपालले मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धमा सेयर लगानीकर्ताले थप कुनैपनि शुल्क तिर्नुनपर्ने बताएको छ । संघले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै लगानीकर्ताले तिर्दै आएको ०.४० देखि ०.६० प्रतिशत कमिशनमा नै १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश भएकोले थप शूल्क तिर्नुनपर्ने बताएको हो । संघले यस सम्बन्धमा लगानीकर्ताहरुको मानसिकतामा आतंकित नपार्न समेत सेयर ब्रोकरहरुलाई सुझव दिएको छ । 

संघका महासचिवद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सयर दलालहरुले नै मूल्य अभिवृद्धि कर सम्बन्धी लगानीकर्ताहरुको मानसिकतामा आतंकित पार्ने, संचार माध्यममा गलत प्रचार प्रसार गर्ने गराउने गरेकाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । आगामी दिनमा सयर दलालहरुलाई यसो नगर्न नगराउनुहुन सुझाज दिईन्छ ।’

Ad