Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्तापुँजी पुर्याउनेमा पहिलो बन्यो राष्ट्रिय स्तरको ‘महालक्ष्मी विकास बैंक’

२०७४ असार १८ गते

महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लिमिटेडको एकिकृत कारोवार आइतबारदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले एक समारोहका बीच एकीकृत कारोबारको समुद्घाटन गरे ।

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक लिमिटेड गाभिएपछि बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड, शाखा संख्या ६५, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड, संचालन मुनाफा ६८ करोड, एटिएम संख्या ३६, ग्राहक संख्या ३६४३५९ र कर्मचारी संख्या छ सय १९ पुगेको छ । राष्ट्रिय स्तरको विकास बैंकको लागि नेपाल राष्ट्र वैंकले तोकेको चुक्तापुँजी २०७४ अषाढ अगाडी पुर्याउने महालक्ष्मी विकास बैंक पहिलो बैंक भएको छ ।

नेपाल राष्ट्र वैंकबाट एकिकृत वैंकको इजाजत पत्र पाइसकेपछि बसेको संचालक समितिको पहिलो वैठकले बैंकको अध्यक्षमा राजेश उपाध्यायलाई मनोनित तथा प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलाई नियुक्त गरेको छ । दुवै वैंकको सहमति भए बमोजिम संचालक समितिमा राजेश उपाध्याय, संजय गिरी, श्री अरुण राज सुमार्गी, राजेश कुमार रौनियार, विरेन्द« कुमार संघई र रुपेन्द« पौडेल चयन भएका छन् ।
 

Ad