नेपाल धितोपत्र बोर्डले सेयर बजार तत्काल सुरु गर्न निर्देशन दिएको छ । बोर्डले बजार सुचारु गराउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको हो । सेयर ब्रोकरहरुले भ्याटको विषयलाई लिएर कारोबार ठप्प गरेपछि बोडले यसबारे सक्रियता देखाएको छ । पूँजी बजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा प्रतिकुल असर पर्ने भन्दै बोर्डले नेप्सेलाई कारोबार सुचारु गर्न निर्देशन दिँदै पत्राचार गरेको छ ।