Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्षेत्रीय स्तरमा अब्बल बन्दै ‘कञ्चन डेभलपमेन्ट बैंक’, एकैदिन दुई शाखा विस्तार

२०७४ असार १२ गते

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले लम्की चुहानगरपालिका वडा न. —०१ लम्कीबजारमा १२औं र टिकापुर नगरपालिका वडा न. —०१ सिद्धार्थ चोकमा १३औं नयाँ शाखा स्थापना गरी सोमबारदेखि सञ्चालनमा आएको छ । प्रमुख अतिथि निर्देशक बिश्रुत थापाले रिबन काटी दुबै शाखाहरुको उद्घाटन गरे । 

शाखा विस्तारमा अब्बल
कञ्चन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क्षेत्रीय स्तरको विकास बैंक हो । यस बिकास बैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई मिति २०६६ सालदेखि कार्य गर्दै आइरहेको छ ।

प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ६ शाखा, १ एक्सटेन्सन काउण्टर, कैलालीमा नयाँसहित ६ शाखा तथा डडेल्धुरामा १ गरि कुल १३ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चालनमा छन् ।

ग्राहकलक्षित व्याजदर
बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुले अन्य बैंकले दिईरहेको व्याजभन्दा आकर्षक व्याज पाउन् भन्ने उद्देश्यले यस बैंकले मिति २०७३/१२/३१ देखि लागु हुने गरि बचत खातामा ६.५ देखि ८.५ प्रतिशत र मुद्दति खातामा न्युनतम १२ प्रतिशत व्याज दर कायम गरेको छ ।

मर्जरमा नगई पुँजी पुर्याउन सक्षम
नेपाल राष्ट्र बैंकको नीतिअनुरुप यस बैंकले मर्जरमा नगई आफैँ आफ्नो चुक्तापुँजी ५० करोड पुर्याउने क्रममा ३४ करोड ६५ लाख पुर्याई सकेको छ । साथमा २०७४ असार मसान्तभित्र १० करोड ३९ लाख ५० हजार बराबरको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्विकृती समेत पाइसकेको छ । हकप्रद जारी गरेपछि पनि नपुगेको पुँजी बैंकले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिएर पुर्याउने योजना बनाएको छ । 

Ad