नेपाल एसबिआई बैंक, हाम्रो विकास बैंक र गोर्खाज फाइनान्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । नेपाल एसबिआईले ४० प्रतिशत, हाम्रो विकास बैंकले दुई सय प्रतिशत र गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेकोमा आजदेखि उक्त हकप्रदमा आवेदन दिने म्याद सकिने भएको हो ।
नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, हाम्रो विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । एनआईबिएल क्यापिटल, हाम्रो विकास बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट सेयर भर्न पाइनेछ ।
यता, गोर्खाज फाइनान्सल एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ९३ लाख ३१ हजार तीन सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । फाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । एनआईबिएल क्यापिटल लाजिम्पाट, गोरखा फाइनान्सका सबै शाखा एवं नेपाल इन्भेष्टमेन्ट बैंकका वीरगञ्ज, विराटनगर, पोखरा चिप्लेढुङ्गा, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिने जनाइएको छ ।