Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक वृद्धिले निरन्तरता पाउने संकेत (कारणहरुसहित)

२०७४ असार ११ गते

२०१७ मा तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुकहरुको सूचिमा नेपाल तेस्रो स्थानमा पर्ने प्रक्षेपण गरिएको छ । बिश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोसपेक्ट्स’ रिर्पोटले यस्तो प्रक्षेपण गरेको हो । बिश्व बैंकले नेपालले सन् २०१७ मा ७.५ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण गरेको छ । यो २३ वर्षपछिकै उच्च आर्थिक वृद्धि हो । यसघि सन् १९९४ मा ८ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो । 

लामो समयपछिको सुधार
०६२।६३ को आन्दोलनपछि पहिलो वर्षको वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो । शान्तिप्रक्रिया लम्बिँदै जाँदा तथा कतिपय आन्दोलनका कारण आर्थिक वृद्धिदर फेरि घट्दै गएको थियो । उद्योगधन्दा पनि नियमित चल्न सकेका थिएनन् । फलस्वरुप, मुलुकको अर्थतन्त्र करिब–करिब निराशातर्फ अगाडि बढेको थियो । आन्दोलन पछिका अन्य वर्षहरुमा आर्थिक वृद्धिदर क्रमशः ४.५, ४.८, ३.४, ४.८, ४.१, ६, ३.३ र ०.४ प्रतिशत रह्यो । अब भने, सुधारिँदो राजनीतिक अवस्थाले अर्थतन्त्रमा पनि सुधार ल्याउन थालेको देखिएको छ । 

आर्थिक वृद्धिदरमा सुधार हुनुका कारणहरु
७० प्रतिशत जनता कृषिमा निर्भर रहेको देश जीडीपीमा कृषिको योगदान ३३ प्रतिशत मात्रै छ । बरु रेमिट्यान्सको हिस्सा ३२ प्रतिशत रहेको हालै सार्वजनिक एक तथ्यांकले देखाएको छ । जनसंख्याको अधिकांश हिस्सा कृषिमा निर्भर रहँदा पनि कृषि क्षेत्रतर्फ खासै प्रगति हुन नसक्दा मुलुकको अर्थतन्त्र सुध्रिन सकेको थिएन । पछिल्लो समय भने कृषिको व्यवसायिकरण बढिरहेको छ भने उद्योग व्यवसाय लगायतका क्षेत्रमा पनि राम्रो प्रगति भइरहेको छ । मुलुकमा लोडसेडिङको अन्त्य हुँदैछ । यसले उद्योगधन्दाहरुलाई फाइदा पुगेको छ । अबका वर्षहरुमा पनि यो वृद्धिदर कायमै रहने अपेक्षा गरिएको छ । त्यस्तै, रेमिट्यान्सले पनि मुलुकको अर्थतन्त्रमा राम्रो टेवा पुर्याइरहेको छ । 


 

Ad