महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपेमन्ट बैंक लिमिटेड एकआपसमा गाभिएर यही असार १८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई बैंकले गत साता मात्रै नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका थिए ।
महालक्ष्मी र यती एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका हुन् । मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने बताइएको छ । मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड, कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या तीन लाख ४५ हजार र कर्मचारी संख्या तीन सय ४५ पुग्न भई देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने दाबी गरिएको छ ।
गाभिएपछि नयाँ संस्थाको नाम महालक्ष्मी विकास बैंक हुने छ। बैंकको सञ्चालक समिति अध्यक्षमा यतिका राजेश उपाध्ययले निरन्तरता पाउने छन् भने प्रमुख कार्यकारीमा महालक्ष्मीका रमेशकुमार भट्टराईले निरन्तरता पाउने छन्।