Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय भयो एस डेभलपमेन्ट बैंक, असारभित्रै एकीकृत कारोबार

२०७४ असार १ गते

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । एक्विजिसन सम्झौता गरेको झण्डै आठ महिना पछि दुवै बैंकले विशेष साधारण सभा आह्वान गरी केही समयअघि मात्रै एक्विजिसन प्रस्ताव पारित गराएका थिए ।

एसको एक सय कित्ता बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी सेयर स्वाप निर्धारण गरिएको थियो । अब चालू आर्थिक वर्षभित्रमा नै एकीकृत कारोबार सुरु गर्ने योजनाअनुरुप गृहकार्य भइरहेको नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ । 

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्तापुँजी नौ अर्ब २० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । 

Ad