Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार ठूला बैंकमा रोजगारीको अवसर ! छिटो गर्नुहोस्, धेरै छैन म्याद

२०७४ जेष्ठ ३१ गते

क वर्गका चार वटा वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । नेपाल बंगलादेश बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र जनता बैंकले कर्मचारी माग गरेका हुन् । जसमध्ये, नेपाल बंगलादेश बैंकमा एप्लाई गर्ने भोली अन्तिम दिन रहेको छ भने सानिमा बैंक र प्राइम बैंकमा एप्लाई गर्ने म्याद पर्सि सकिँदैछ । जनता बैंकमा भने २० जुनसम्म एप्लाई गर्न पाइन्छ । 

हेरौँ कुन बैंकमा कुन पद छ खाली ?
नेपाल बंगलादेश बैंकले लिमिटेडले केही संख्यामा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट तथा सुपरभाइजर र जुनियर एक्जिक्युटिभ अफिसर माग गरेको छ । जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण गरेको र २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ भने एसिस्टेन्ट तथा सुपरभाइजरका लागि स्नातक उतीर्ण गरी कम्तीमा तीन वर्ष वाणिज्य बैंकमा काम गरेको र ३० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । जुनियर एक्जिक्युटिभ अफिसरका लागि भने स्नातकोत्तर गरी पाँच वर्ष वाणिज्य बैंकमा काम गरेको  र उमेर ३२ वर्ष ननाघेको हुनुपर्नेछ । एप्लाई अनलाइनमार्फत् गर्नुपर्नेछ । 

भ्याकेन्सीसम्बन्धी थप जानकारी लिन तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://nbbl.com.np/career/junior_executive_officer_few_

त्यस्तै, सानिमा बैंक लिमिटेडले केन्द्रीय कार्यालयका लागि ग्यारेन्टी विजनेस हेड, आईटी मेनेजर, कर्पोरेट क्रेडिट रिलेसनसिप मेनेजर, कर्जा विश्लेषक, ईबैंकिङ अफिसर, जनरल सर्भिर अफिसर, ग्यारेन्टी विजनेस रिलेसनसिप मेनेजर, आईटी अफिसर, स्विफ्ट अपरेसन अफिसर र आईटी एसिस्टेन्ट माग गरेको छ । त्यस्तै, भ्याली भित्र र वाहिरका शाखाहरुका लागि अपरेसन इन्चार्ज, क्रेडिट रिलेसनसिप मेनेजर र डिपोजिट मेनेजमेन्ट रिलेसनसिप मेनेजर माग गरिएको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ जुन भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । एप्लाई अनलाइनमार्फत गर्नुपर्नेछ । 

भ्याकेन्सीबारे थप जानकारी लिन तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://career.sanimabank.com/

प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न सात पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट मेनेजरदेखि मेनेजर लेभलसम्ममा केही कर्मचारी नियुक्त गर्न खोजेको छ । त्यस्तै, उपत्यका भित्र र बाहिरका केही शाखाहरुका लागि केही संख्यामा मेनेजर र अफिसर लेभलका कर्मचारी माग गरिएको छ । साथमा इन्टरनल अडिट, मेनेजमेन्ट ट्रेनी, गोल्ड लोन सुपरभाइजर र ट्रेनी एसिस्टेन्ट पनि माग गरिएको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ जुनभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

यता, जनता बैंक नेपाल लिमिटेडमा १५० जनाका लागि रोजगारीको अवसर खुलेको छ । बैंकले एक सय जना जुनियर एसिस्टेन्ट, २५ जना मेनेजमेन्ट ट्रेनी र २५ जना चार्टर्ड एकाउन्टेन्ट्स माग गरेको हो । 

जुनियर एसिस्टेन्ट र मेनेजमेन्ट ट्रेनीका लागि अनुभव आवश्यक नरहेको बताइएको छ । चार्टर्ड एकाउन्टेन्टका लागि भने अनुभव अनिवार्य नभएको तर भएकालाई प्राथमिकतामा राखिने बताइएको छ । 

जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण कर्मचारी माग गरिएको छ भने मेनेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर गरेको हुनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्ट पदमा भने दक्ष चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति दिइने बैंकले बताएको छ । 

उमेरको हकमा १४ जुनसम्ममा २८ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जुनियर एसिस्टेन्ट पदका लागि आवेदन दिन सक्नेछन् । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ भने चार्टर्ड एकाउन्टेन्टको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

बैंकको जुनसुकै शाखा कार्यालयमा काम गर्न तयार हुने, कम्प्युटर जानेको, अंग्रेजी र नेपाली भाषमा पोख्त, स्मार्ट व्यक्तित्व, उत्कृष्ट अन्तरक्रियात्मक क्षमता, सकारात्मक सोच र अघि बढ्ने इच्छाशक्ति भएका व्यक्तिलाई नियुक्त गरिने बताइएको छ । आवेदन २० जुन सम्ममा दिन सकिनेछ । 

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.growthsellers.com/job/apply_job_spec/403

Ad