११ वटा वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनमा जान अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकको मंगलबार विहान बसेको सञ्चालक समितिको बैठकले नौ वित्तीय संस्थालाई गाभिन अन्तिम स्वीकृति र दुईलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिइएको छ । त्यस्तै, सिभिल बैंक तथा युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीचको एक्विजिसन, यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक बीचको मर्जरका साथै भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बनी फाइनान्सबीचको मर्जरलाई समेत राष्ट्र बैंकले अन्ति स्वीकृति दिएको बताइएको छ । अन्तिम स्वीकृति पाएका संस्थाहरु असार महिनाभित्रै एकीकृत कारोबार थाल्ने योजनामा छन् ।
यसबाहेक, राष्ट्र बैंकले देवः विकास बैंकलाई साझा विकास बैंक प्राप्ती गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।