Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतका जोन शेफर्डले  यसरी सुरु गरे बैंकिङ एटीएम

२०७४ जेष्ठ २७ गते

एटीएम (अटोमेटिक टेलर मेसिन) लाई चाहेको समयमा पैसा झिक्न मिल्ने भएकाले कतिपयले ‘एनिटाइम मनी’ पनि भन्ने गरेका छन् । पैसा झिक्न सजिलो पनि हुने भएकाले यसको प्रयोग दिनानुदिन बढ्दै पनि गएको छ । एटीएमप्रति मानिसहरुको आकर्षण बढेसँगै नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले एटीएमहरु थप्दै गइरहेको छन् । हालसम्म नेपालभरि झन्डै दुई हजारको हाराहारीमा एटीएम काउन्टरहरु स्थापना गरिएका छन् । आफूलाई चाहेको समयमा र बैंकमा नै नपुगी तुरुन्तै पैसा निकाल्न सकिने एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ भन्दा फरक नपर्ला । 

यद्यपि, हामीमध्ये थोरैलाई थाहा होला कि एटीएमको सुरुवात कसले कसले गर्यो । त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो मेसिनको सुरुवात गर्ने सोच मनमा कसरी आयो ? र अन्ततः यसको स्थापना कसरी सम्भव भयो ? 

छिमेकी मुलुक भारतको सिलाङमा जन्मिएका जोन शेफर्ड बैरनले एटीमको परिकल्पना र सुरुवात गरेका थिए । २३ जुन १९२५ मा भारतको सिलाङमा जन्मिएका बैरनले एक दिन नुहाउँदा नुहाउँदै एटीएमको परिकल्पना गरेको थिए । २००७ मा बीबीसीलाई दिएको एउटा अन्तरवार्तामा बैरनले भनेका थिए, ‘मेरो दिमागमा यस्तो कुरा आयो कि बेलायत वा संसारको जुनसुकै कुनाबाट पैसा निकाल्ने केही तरिका हुनुपर्छ । चकलेट बार दिने मेसिनजस्तै, जसमा चकलेटको सट्टा पैसा निस्कियोस् ।’ 

त्यसपछि उनले यो परिकल्पनालाई सार्थक रुप दिने विचार गरे । बारक्लेज बैंकको प्रमुख कार्यकारीले बैरासँग सम्झौता गरे र काम सुरु भयो । त्यतिबेलासम्म प्लास्टिकको कार्डको आविस्कार भएको थिएन । उक्त मेसिनमा चेककै प्रयोग गरिन्थ्यो । त्यस्ता चेकमा कार्बन १४ लगाइएको हुन्थ्यो, जसलाई मेसिनले चिन्दथ्यो र व्यक्तिगत पहिचान नम्बर अथवा पिनको मद्दतबाट भेरीफाइ हुन्थ्यो । एटीएमबाट त्यतिबेला बढीमा १० पाउण्ड मात्र निस्कन्थ्यो ।

पिन चार अंकको किन बनाइयो ? यसको रहस्य खोल्दै शैफर्ड भन्छन्, ‘मलाई ६ अंकवाला आफ्नो आर्मी नम्बर थाहा थियो, तर श्रीमती कैरोलिनले उनको एउटा पनि चल्न दिइनन् । उनले केवल चार अंक मात्र सम्झन सकिन्छ भनिन् । यसर्थ पिनमा चार अंक नै विश्वभरी मानक बन्यो ।’

सन् १९६७ मा संसारको पहिलो एटीएम मेसिन लण्डनको एक बैंकबाट सुरु गरिएको थियो । टिभी श्रृंखला ‘अन द बसेज’ का रेग वार्ने एनफिल्ड बारक्लेज बैंकबाट एटीएम मेसिनमा पैसा निकाल्ने पहिलो नागरिक बनेका थिए । त्यतिबेला यसलाई ‘भित्ताको प्वाल’ अथवा ‘होल इन द वाल’ भनिन्थ्यो । एजेन्सीहरुको सहयोगमा