Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेवा र कामना गाभिएर कामना सेवा विकास बैंक बन्दै

२०७४ जेष्ठ २५ गते

बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक लिमिटेडकोे २०७४ जेठ २५ गते सम्पन्न भएको विशेष साधारणसभाले पोखरामा रजिष्र्टर्ड कार्यालय रहेको राष्ट्रिय स्तरको कामना विकास बैंक लिमिटेडसंग मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको छ । बैंकले मर्ज पछि आफ्नो केन्द्रीय कार्यालय काठमाडौँमा रहने जनाएको छ । संचालक समिति अध्यक्ष भिम प्रसाद तुलाचनले व्यवसायिक हिसावमा उचो र दिर्घकालीन सोच राखेकोले बैंकले आफै पूँजी पुर्याइसकेको भएतापनि मर्जमा गएको प्रष्ट पारे ।

मर्ज पश्चात बैंकको नाम कामना सेवा विकास बैंक रहनेछ । बैंकको कुल शाखा कार्यालय ४१ र एटीएमको संख्या १६ पुगेको छ । त्यस्तै, मर्जरपछि बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड २७ लाख पुग्ने छ । यथाशक्य छिटो एकिकृत कारोबार गर्न आवश्यक प्रक्रिया पुरा गरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्विकृतीको लागि निवेदन दिने प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले बताए ।

विशेष साधारणसभा बैंक संचालक समितिका अध्यक्ष भीम प्रसाद तुलाचनको अध्यक्षतामा बसेको थियो भने उक्त कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव खिमलाल भुषालले गरेका थिए । स्थापनाकालदेखि निरन्तर मुनाफामा सञ्चालित बैंक नेपाल स्टक एक्सचेञ्जबाट समेत लगातार ‘क’ वर्गमा सूचीकृत हुंदै आएको छ । 

Ad