Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एफपिओबारे धितोपत्र बोर्डको नयाँ व्यवस्था

२०७४ जेष्ठ १९ गते

नेपाल धितोपत्र बोर्डले सेयरको थप निष्काशन (एफपिओ) बारे नयाँ व्यवस्था ल्याएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका जारी गर्दै धितोपत्र बोर्डले कम्पनीहरूले एफपिओ निष्काशन गरेको पाँच वर्ष नभई अर्को एफपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेको हो । 

बोर्डले एफपिओको मूल्य निर्धारण प्रक्रियामा पनि केही कडाइ गरेको छ । नयाँ व्यवस्थाअनुसार कम्पनीहरूले एफपीओको मूल्य निर्धारण प्रतिसेयर नेटवर्थको चार गुणाभन्दा बढी तय गर्न नपाउने भएका छन् । 

त्यस्तै, अब कम्पनीहरूले प्रतिसेयर खुद सम्पत्ति अंकित मूल्यभन्दा कम भएमा, सबैभन्दा न्यून रेटिङ प्राप्त गरेमा वा अंकित मूल्यभन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी निष्कासन गर्ने भएमा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनुपर्ने भएको छ । 

नयाँ व्यवस्थाअनुसार अब संघसंस्थाले प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्न नपाउने भएका छन् । सर्वसाधारणलाई बिक्री गर्दा बिक्री नभएर बचेको अवस्थामा मात्र संघसंस्थाले लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

अब प्राथमिक निष्कासनमा सबै लगानीकर्ताले सेयर पाउने भएका छन् । नयाँ व्यवस्थाअनुसार कम्पनीहरूले सेयर बाँडफाँट गर्दा पहिलोपटक सबैलाई १०।१० कित्ताका दरले वितरण गर्ने, त्यसपछि पुनः १०।१० कित्ता, त्यसपछि पनि बचेमा पुनः १०।१० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

Ad