Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भुकम्पपीडितको पैसा बैंकमार्फत भुक्तानी

२०७४ जेष्ठ १६ गते

सरकारले भुकम्पपीडितलाई अनुदानवापत दिइने रकम बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरेको छ । रकमको अपचलन रोक्ने तथा सर्वसाधारणमा बैंकको प्रयोग गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो घोषणा गरेका हुन् । 

बजेटमा भुकम्पपीडितलाई पुनर्निमाणका लागि दिइने अनुदान रकम समेत बढाइएको उल्लेख छ । यसअघि, भुकम्पपछिको पुनर्निमाणका लागि दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भनिएकोमा अब एक लाख रुपैयाँ थप गरी तीन लाख रुपैयाँ दिइने भएको हो । 

अर्थका अनुसार, हालसम्म भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ९५ प्रतिशत पीडितहरुले पहिलो किस्तावापतको रकम ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् भने ५० हजारभन्दा बढी व्यक्तिगत घरहरु निर्माणको चरणमा रहेका छन् । भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लाका पीडितहरुलाई पनि अनुदानको पहिलो किस्ता वितरण कार्य सुरु भइसकेको अर्थमन्त्री महराले बताए । 

Ad