Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मूल्यवृद्धि दर ६ प्रतिशतमा सीमित रहने प्रक्षेपण

२०७४ जेष्ठ १६ गते

सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । संसदमा आगाी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा चालू आर्थिक वर्षको समीक्षा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले मुद्रास्फीति दर ६ प्रतिशतभन्दा तलै रहने बताएका हुन् । ‘लामो समयसम्म उच्चदरमा रहेको मुद्रास्फीति चालू आर्थिक वर्षको नौ महिनामा ३.८ प्रतिशतका झरेको छ । यस आर्थिक वर्षमा वार्षिक मुद्रास्फीति दर छ प्रतिशतभन्दा तलै रहने प्रक्षेपण गरिएको छ,’ उनले भने । 

मूल्यवृद्धि दरको यो घट्दो क्रमले आम उपभोक्ताको जीवनयापनलाई सरल बनाएको अर्थमन्त्री महराको दाबी छ । यसबाट उत्पादन लागत समेत घट्न गई आर्थिक क्रियाकलाप विस्तार गर्न मद्दत पुगेको उनको भनाइ छ । 

Ad