अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४। ७५ का लागि १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दैछन् । सोमबार साढे २ बजे बसेको मन्त्रिपरिषदको बैठकले १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको हो । बजेटमार्फत सरकारले ७४४ स्थानीय तहलाई दुई खर्ब २५ अर्ब रुपैयाँ अनुदान दिएको छ । आगामी आर्थिक वर्ष ८ खर्ब १७ अर्ब रुपैयाँ राजस्व उठाउने बजेटको लक्ष्य छ । त्यसैगरी, २ खर्ब १४ बैदेशिक ऋण तथा सहायताबाट, १ खर्ब १५ र्अ रुपैयाँ आन्तरिक ऋणबाट उठाउने सरकारको लक्ष्य छ । निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रमहरु राखिएका छैनन् ।