Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अझै पनि एक नेपालीको भागमा २१ हजार सात सय रुपैयाँ ऋण

२०७४ जेष्ठ १५ गते

नेपालको प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा झन्डै ११ हजार रुपैयाँले बढेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३।७४ को सरकारको प्रगति विवरण संसद्मा पेश गर्दै नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय ९१ हजार चार सय ८८ रुपैयाँ पुगेको बताएका छन् । अघिल्लो आर्थिक वर्षमा प्रतिव्यक्ति आय ८० हजार पाँच सय २५ रुपैयाँ थियो । सरकारको सर्वेक्षणअनुसार सर्वेक्षणअनुसार विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय चार गुणाले बढेको छ ।

एक नेपालीको भागमा २१ हजार बढी ऋण
प्रतिव्यक्ति आय ११ हजार रुपैयाँले बढ्दा प्रतिनेपाली आन्तरिक र वैदेशिक ऋण भने अधिल्लो आर्थिक वर्षको तुलनामा चार सय १० रुपैयाँले घटेको छ । सर्वेक्षणअनुसार प्रत्येक नेपालीको भागमा अहिले २१ हजार सात सय ४९ रुपैयाँ ऋण छ । अघिल्लो वर्ष यस्तो ऋण २२ हजार एक सय ५९ रुपैयाँ थियो । हाल नेपालले विदेशी निकायसँग लिएको ऋण तीन खर्ब ९१ अर्ब रुपैयाँ छ भने आन्तरिक ऋण दुई खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । 

Ad