Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेटसम्बन्धी जानकारी अब आफ्नै मोबाइलमा, गुनासो र सुझाव पनि राख्न पाइने

२०७४ जेष्ठ ८ गते

अर्थमन्त्रालयले बजेटसम्बन्धि सबै जानकारी दिने मोवाइल एप सार्बजनिक गरेको छ । सोमबार मन्त्रालयमा आयोजना गरिएको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले सो एप सार्बजनिक गरेका हुन् ।

सो एपमार्फत सरकारको बजेटमा के कस्ता कार्यक्रम राखिएको छ, कुन कार्यक्रमको लागि कति बजेट छ लगायतका कुराहरुको जानकारी पाउन सकिन्छ । साथमा बजेटसँग कुनै गुनासो वा सुझाव भए सो एफमार्फत सर्बसाधारणले त्यस्तो गुनासो वा सुझाव अर्थमन्त्रीसँग राख्न सक्ने ब्यवस्था मिलाइएको बताइएको छ । 

सो एपमा बजेट कसरी बनिरहेको छ, विगतका बजेटहरु कस्ता थिए भन्ने जस्ता सुचना र जानकारीहरु पाइचार्ट, विभिन्न शिर्षकको आयब्ययको विवरण तथा बजेट भाषणको लाइभ भिडियो हेर्न सकिने छ । 

यो एप हालको लागि एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएको मोबाइलमा उपलब्ध हुनेछ । गुगल प्लेस्टोरमा गएर बजेट एप डाउनलोड गर्न सकिनेछ । आइफोन प्रयोगकर्ताले भने अबको १५ दिनपछि मात्रै सो एप प्रयोग गर्न सक्ने बताइएको छ । 

Ad