नेपाल विकासको गतिमा एकदमै पछाडी रहेको छ । १० बर्षे सशस्त्र युद्धबाट अस्तव्यस्त बनेको नेपालको अर्थतन्त्र राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको स्थापना भइसक्दा पनि अपेक्षित विकास हुन सकेको छैन । मूलुकमा संविधान जारी पछि विकासको गति उच्च हुने प्रक्षेपण गरिएपनि अहिले अपेक्षित विकास हुन सकेको छैन । देश विकसुत नहुनुका ५ कारणहरु यहाँ उल्लेख गरिएको छ ।
१. कृषि प्रधान देशमा छैन रासायनिक मल कारखाना
नेपाल कृषि प्रधान देश हो । तर पनि अधिकांश नेपालीहरु कृषि पेशाबाट आत्मनिर्भर हुन नसकेको अवस्था छ । नेपालमा कृषि पेशालाई व्यवसायिकता बनाउन पनि प्रयास भइरहेको छ । देशमा पछिल्लो समय कृषि पेशालाई व्यवसायिक बनाउन युवा शक्तिहरु लागि परेका छन् । तर दुःखको कुरा के भने कृषि प्रधान मूलुक नेपालमा एउटा पनि रसायनिक मलको कारखाना छैन । नेपालमा चाहिने रसायनिक मल बाहिरी मूलुकबाट आयात भइरहेको अवस्था छ ।
युरिया मलको नियमित र भरपर्दो आपूर्तिका लागि स्वदेशभित्र उत्पादन कारखाना नभएकाले कृषि कार्यमा समस्या परेको छ । वर्षेनी दोहोरिने युरिया मलको समस्या समाधान गर्न सरकारले स्वदेशमै रासायनिक मलको कारखाना स्थापना गर्न सकेको छैन । कारखाना स्थापनाका लागि प्राकृतिक ग्यास प्रयोग हुनेगरी वार्षिक सात लाख मेट्रिक टन युरिया मल उत्पादन गर्ने कारखाना स्थापनाका गर्न आगामी बजेटमा अनुमानित ६६ करोड ५० लाख अमेरिकी डलर विनियोजन गर्नुपर्नेे छ ।
२. दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा अन्यौल
सरकारले निजगढमा बनाउने भनेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विकासको क्रमलाई निरन्तरता दिन अलग किसिमको मोडालिटी तयार गरी काम गर्नुपर्ने भए पनि सरकारले काम गर्न सकेको छैन ।
३. व्यवस्थित शहरीकरण सुस्त
काठमाडौं उपत्यका र अन्यत्रको व्यवस्थित शहरीकरणका लागि आवश्यक पर्ने दूरसञ्चार, विद्युत् आपूर्ति र अन्य सेवा दिन सडक माथिबाट प्रयोग हुँदै आएको तारहरूले शहरको सौन्दर्यमा नकारात्मक असर पारेको छ । त्यस किसिमको सेवालाई सडकमुनिबाट व्यवस्थित नगरे शहरको सौन्दर्यतामा ह्रास आउछ ।
त्यसबाहेक पटकपटक विभिन्न बहानामा सडक खन्ने कार्यबाट एकातिर प्रदूषण बढाउने तथा अर्कातिर आवागमनमा समस्या सृजना गर्ने गरेको छ । अहिले सडक व्यवस्थापनमा उल्लेख्य रूपमा काम गर्न बाँकी रहेको छ ।
४. पुनःनिर्माणको कामले गति लिन सकेन
भूकम्पप्रभावित विभिन्न जिल्लामा पुनर्निर्माणको क्रममा रहेका स्वास्थ्य संस्था तथा विद्यालय भवन निर्माणका लागि जमीन नभएकाले पुनर्निर्माणको काम प्रभावित भएको छ । सरकारले उल्लिखित समस्या व्यवस्थापनमा समेत ध्यान नदिएका कारण विकाले गति लिन सकेको छैन ।
५. प्राविधिक शिक्षाको कमी
नेपालमा प्राविधिक शिक्षाको अझै पनि कमी महशुस गरिएको छ । कोहि कृषि पेशा गर्न चाहान्छ भने उसलाई त्यहि कृषि पेशा सम्बन्धी प्राविधिक शिक्षाको आवश्यकता पर्दछ । तर, नेपालमा अझै पनि प्राविधिक शिक्षाको विकास सकेको छैन । जसकारण देशको विकास हुन सकेको छैन ।