Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी मुद्रा कारोबारको विवरण अब अनलाइनबाट

२०७४ जेष्ठ ४ गते

विदेशी मुद्रा कारोबारको विवरण अब अनलाइनबाटै हुने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार गर्दै आएका वित्तीय संघसंस्थाको रिपोर्टिङ अनलाइनमार्फत गर्न पाउने व्यवस्था गरेको हो । जसअनुसार, अब विदेशी मुद्राको कारोबार गर्ने संघसंस्थाले घरैबाट पनि कारोबारको विवरण अनलाइनबाटै गर्न पाउने भएका छन् । यसअघि, हरेक महीना कारोबारको डकुमेण्ट (कागजातलगायत विवरण) बुझाउन नेपाल राष्ट्र बैंक धाउनुपर्ने बाध्यता थियो । 

अनलाइनमार्फत् कारोबार विवरण बुझाउनका लागि सम्बन्धित कारोबार गर्ने इजाजतप्राप्त संघसंस्थाले राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट ‘पासवर्ड’ र ‘युजर नेम’ लिनुपर्छ । गत वैशाखदेखि नै लागू भएको यो अनलाइन रिपोर्टिङ प्रणाली अनिवार्य समेत गरिएको छ ।

नेपालमा हाल बैंक तथा वित्तीय संस्थासहित झन्डै साढे पाँच हजार संघसंस्थाले विदेशी मुद्राको कारोबार गर्ने गरेका छन् । त्यस्ता संस्था तथा कम्पनीहरूमा रेमिट्यान्स कम्पनी, सटही कारोबार गर्ने मनी चेञ्जर, विदेशी विनिमयको कारोबार गर्ने होटल, ट्राभल्स, ट्रेकिङ, कार्गोलगायत रहेका छन् ।  

Ad