Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकको बदनाम गर्न ‘गिरोह’ सक्रिय

२०७४ जेष्ठ ४ गते

दिपक वस्नेत । यो फोटोमा रहेको हेडलाइन हेरेपछि बुझ्नुभयो होला, बैंक विरुद्ध यो भन्दा अरु बोल्ने ठाउँ कहाँ बाँकी छ ? यदि यही हुँदोहो भने बैंकमा राखिएको सबै पैसा लुटिएको हुन्थ्यो । बैंक सुरक्षित ठाउँ हो । बैंकबाट रकम हिनामिना भएमा राष्ट्र बैंकले नियमन गर्छ र आवश्यक कार्बाही अघि बढाउँछ । तर बैंकहरुलाई गाली गर्ने, र बैंक विरुद्ध धावा बोल्ने एउटा गिरोह काठमाडौंमा यतिबेला सल्वलाएको छ । जसले बैंकको विरुद्ध मनलागेका कुरालाई लेख्ने र बैंकको वदनाम गर्ने काम गरिरहेको छ । एक पटक कुनै एक बैंकबाट कसैले रकम चोरेको कुरालाई आधार मानेर बैंकको कारोबार नै विश्वसनीय नभएको पुष्टि गर्न खोज्ने काम भएको पाइएको छ । बैंकमा राखिएको पैसा सुरक्षित नै नहुने आशयको समाचार प्रकाशन गरेर केही व्यक्तिहरुले बैंकका ग्राहकलाई नै भड्काउने काम गरिरहेका छन् । बैंकहरुको विरुद्धमा जथाभावी लेख्ने र बैंकमा राखिएको पैसा सुरक्षित छैन भन्नेजस्ता कुराहरु फैलाइएको छ । यस्तो कार्यमा विभिन्न गिरोह लागिपरेको छ । यस्ता गिरोहलाई राज्यको सम्बन्धित निकायले खोज्न र आबश्यक कार्बाही गर्न जरुरी छ ।
 
राजधानीमा भर्खरै बैंकिङ एक्स्पो सकियो । जनतालाई बैंकसम्म र बैंकलाई जनतासम्म पुर्याउने उद्देश्य लिएर बैंकिङ एक्स्पोको आयोजना गरिएको थियो ।  नेपाल राष्ट्र बैंक, बैकर्स संघ लगायतका संघसंस्था तथा विभिन्न निकायहरु वित्तीय चेतना जागृत गर्न लागि परेका छन् । मिडिया इन्टरनेशनलले गत कात्तिक २६ गतेदेखि सुरु गरेको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत नै बैंकिङ एक्स्पोको आयोजना गरिएको थियो । मुलुकमा वित्तीय साक्षरताको कमी भएको महशूस गर्दै देशका विभिन्न स्थानमा वित्तीय जागरण गराउने उद्देश्य बोकेर यो अभियानको सुरुवात गरिएको छ । 

जनतालाई पैसा कमाउन, पैसाको बचत गर्न र सही ठाउँमा लगानी गर्न सिकाउनु वित्तीय साक्षरता हो । यसमा पैसाको कारोबार गर्दा बैंकिङ प्रणालीको प्रयोग गर्नमा जोड दिइन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले यो कुरा महशूस गरेका छन् । सोही अनुरुप, मुलुकका हरेक गाउँमा आफ्नो शाखा विस्तार गरि सबै जनतालाई बैंकिङ पहुँचमा ल्याउन उनीहरुले प्रयास गरिरहेका छन् । 
मुलुकको आर्थिक समृद्धिका लागि वित्तीय पहुँच विस्तार गर्नु जरुरी हुन्छ । अन्तर्रा्ष्ट्रिय रुपमा हेर्दा पनि, ठूला ठूला विकसित मुलुकहरुले बैंकिङ पहुृँच विस्तारलाई प्राथमिकतामा राख्ने गरेका छन् । जनतासँग भएको ससाना पुँजीलाई जम्मा गरी ठूलो आयोजनामा लगाएर मुलुकको आर्थिक समृद्धिमा सघाउ पुर्याउने काम बैंकले गर्छन् । आफूँसँग पुँजी नहुनेहरुलाई सहुलियतमा कर्जा दिएर उद्यमशील बनाउनुमा बैंकहरुको ठूलो योगदान रहन्छ । 

पछिल्लो समय, बैंकिङ पहुँच बढाउनकै लागि सरकारले एक घर एक खाता अभियान सञ्चालन गरिरहेको छ । सुरक्षा भत्ता बैंकबाटै उपलब्ध गराउन सुरु गरिएको छ । इन्टरनेट बैंकिङ, एटीएम, मोबाइल बैंकिङ लगायतका बैंकिङ प्रविधिहरुको प्रयोग बढाएर नेपाली जनतालाई सहज तथा सरल बैंकिङ सेवा दिने प्रयासमा बैंकहरु जुटिरहेका छन् । 

एकातिर, सबै जनतालाई बैंकिङ पहुँचमा ल्याई सुरक्षित कारोबार गर्न जनतालाई प्रोत्साहन गर्ने कार्य भइरहेको छ भने अर्का्तिर केही व्यक्ति र गिरोह बैंकको बदनाम गर्न र बैंक सुरक्षित छैनन् भन्नमा लागिपरेका छन् । विभिन्न ब्लग तथा अनलाइन साइटका नाममा बैंकमाथि धावा बोल्ने काम भएका छन् । एक पटक कुनै एक बैंकबाट कसैले रकम चोरेको कुरालाई आधार मानेर बैंकको कारोबार नै विश्वसनीय नभएको पुष्टि गर्न खोज्ने काम भएको पाइएको छ । बैंकमा राखिएको पैसा सुरक्षित नै नहुने आशयको समाचार प्रकाशन गरेर केही व्यक्तिहरुले बैंकका ग्राहकलाई नै भड्काउने काम गरिरहेका छन् । बैंकहरुको विरुद्धमा जथाभावि लेख्ने र बैंकमा राखिएको पैसा सुरक्षित छैन भन्नेजस्ता कुराहरु फैलाइएको छ । यस्तो कार्यमा विभिन्न गिरोह लागिपरेको छ । यस्ता गिरोहलाई राज्यको सम्बन्धित निकायले खोज्न र आबश्यक कार्बाही गर्न जरुरी छ ।

Ad