२०७४ जेष्ठ २ गते

दुई हजार छ सय मेगावाट विजुली उत्पादन हुँदै

जनताको पानी जनताकै लागनी भन्ने सरकारी कार्यक्रम आएपछि अहिले देशका बिभिन्न स्थानहरुमा जलविद्य्त् उत्पादन भइरहेका छन् । काठमाडौं उपत्यका सहित देशका बिभिन्न शहरहरुमा लोडसेडिङ अन्त्य भएसँगै देशभर लोडसेडिङ अन्त्य गराउन सरकारले जलविद्युतमा सर्वसाधारणलाई लगानी गर्न प्रोत्साहन गरिरहेको छ । अहिले नेपालभर करिब एक सय ५० को संख्यामा जलविद्युत् आयोजना निर्माणको काम भइरहेको छ । 

कुन क्षेत्रमा कति आयोजना ? 
अहिले करिब एक सय ५० मध्ये सबैभन्दा बढी आयोजना साविकको मध्यमाञ्चल विकास क्षेत्रमा निर्माण भइरहेका छन् । मध्यमाञ्चलमा अहिले ४९ वटा जलविद्युत निर्माणको कार्य भइरहेको छ । त्यसैगरी साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा ३९ वटा जलविद्युत आयोजनाको निर्माण भइरहेको छ भने पूर्वाञ्चलमा ३५ वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । त्यसबाहेकका मध्यपश्चिमाञ्चलमा छ वटा र सूदुरपश्चिमाञ्चलमा सात वटा जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । 

आयोजनामा लाग्ने खर्च
माथि उल्लेखित मध्ये करिव एक सय आयोजना निर्माणका लागि तीन खर्ब रुपैयाँ बराबरको लगानी भइरहेको छ । औसतमा एक मेगावाट बिजुली उत्पादन गर्न १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । गत बर्ष मात्रै सात सय ९४ मेगावाट क्षमताका विद्युत आयोजनाले विद्युत विकास विभागबाट निमार्णको अनुमति पाएका हुन् । 

सबैभन्दा ठूलो आयोजना 
गत बर्ष अनुमित पाउने आयोजनामा चार सय मेगावाटको तल्लो अरुण ठूलो आयोजना हो । अरुण ब्राजिलको ब्रास इनर्जीसँगको संयुक्त लगानीमा निर्माण भइरहेको छ । चार वटा आयोजना प्राधिकरणले बनाइरहेको छ । जसमा चमेलिया ३० मेगावाट, राहुघाट ३२ मेगावाट, कुलेखानी तेस्रो १४ मेगावाट र माथिल्लो त्रिशुली ३ ए ६० मेगावाट छन् । बाँकी १५ सय ३९ मेगावाट बिजुली निजी क्षेत्र बाट उत्पादन हुनेछ ।