Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितो नभएकालाई पनि कर्जा दिलाउने राष्ट्र बैंकको नीति कार्यन्वयनमा आउँदै

२०७४ बैशाख २७ गते

धितो नभएकै कारण बैंकबाट कर्जा लिन नपाएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयनमा आउन थालेको छ । बैंकहरुले जागीरेहरुलाई बढीमा १५ लाख रुपैयाँसम्म कर्जा धितो बिना नै बैंकहरुले प्रवाह गर्नुपर्ने नीति बैंकहरुले कार्यान्वयनमा ल्याउन थालेका हुन् । आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो नीति ल्याएको जनाएको छ । 

जसअनुसार, आफूँले जागीर खाएको कार्यालयको तलबी खाता बैंक तथा वित्तीय संस्थामा भएका जागीरेले सोही बैंक तथा वित्तीय संस्थाबाट विना धितो नै कर्जा पाउनेछन् । आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा बैंकहरुले यस्तो ऋण प्रवाह गर्नेछन् । यस्तो ऋणको किस्ता नियमित आम्दानीबाट आफैँ कटाउँदै जाने व्यवस्था मिलाइएको छ । राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत समेत दिएको छ । 

Ad