Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

म्यादी प्रहरीको तलब बैंकबाटै दिन निर्देशन

२०७४ बैशाख २७ गते

म्यादी प्रहरीले पाउने तलब भत्ता बैंक खाता मार्फत पाउने भएका छन् । स्थानीय तह निर्वाचनको लागि खटिने म्यादी प्रहरीलाई बैंक मार्फत तलब भत्ता भुक्तानी गरिने भएको हो । म्यादी प्रहरीको तलब भत्ता बैंक खाता मार्फत दिन प्रहरी प्रधान कार्यालय नक्सालले आफू माताहतका कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

देशभरबाट चयन भएका ७५ हजार म्यादी प्रहरीको लागि केहि बैंकहरुले तालिम भइरहेको स्थानमै खाता खोलिदिने व्यवस्था मिलाएका थिए । बैंक मार्फत म्यादी प्रहरीमा खट्नेको तलब सुविधा प्रदान गरेपछि पारदर्शी हुने भएकाले यो बिधि अपनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृहमन्त्री विमलेन्द्र निधीले सार्वजनिक रुपमै म्यादी प्रहरीको नाउँमा पोशाक, तलबभक्तामा कसैले औला नउठाओस भन्दै पारदर्शी अपनाउन निर्देशन गरेका थिए । 

Ad