Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा सम्पन्न, एनआईडीसीलाई किन्ने प्रस्ताव पारित

२०७४ बैशाख २७ गते

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एघारौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव र आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न सो साधारण सभामा अध्यक्ष पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको बताए । साथमा नेपालका बैंंकहरुमध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे । सो साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वागत मन्तब्य प्रस्तुत गर्दै बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धी तथा भावी योजनाको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । 

साधारणसभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधिहरुद्धारा राखिएको जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष डा.रविन्द्र प्रसाद पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जवाफ दिएका थिए ।

बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार भइरहेको छ । द्धन्द्धकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले एक खर्ब ३५ अर्ब निक्षेप संकलन गरी एक खर्ब एक अर्ब कर्जा लगानी गरि दुई अर्ब सात करोड खुद मुनाफा कमाएको छ । हाल बैंकले आरबीबी मर्चेन्ट बैंकिङ्ग कम्पनी संचालनमा ल्याएको छ भने लघुवित्त कम्पनी खोल्ने प्रक्रियामा रहेको छ ।

सो साधारणसभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, डा. जितेन्द्र प्रसाद उपाध्याय, बढुकनाथ ढकाल, ज्ञानेन्द्रराज कोइराला, हरिप्रसाद मुनाकमी, डा. रामदेव सिहं, नायब प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णु प्रसाद बैद्य, भुपेन्द्र पाण्डे, महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केसब प्रसाद लम्साल, टेकराज जोशी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव शम्भुनाथ योगीले सहजीकरण गरेका थिए । 

Ad