लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने लक्ष्मी इक्विटी फण्डको इकाईको सार्वजनिक निष्काशन तथा विक्रीका लागि दुई दिनको समय थप गरिएको छ । गत शुक्रबार (वैशाख २२ गते) देखि खुला गरिएको इकाईको निष्काशन छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गते बन्द हुने बताइएकोमा अब वैशाख २८ गते बन्द हुने भएको हो ।
यस म्युचुअल फण्डले १० करोड इकाईको सार्वजनिक निष्कासन तथा विक्री खुला गरेको छ । योजना व्यवस्थापकको कार्य गर्ने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कहाँ बुझाउने आवेदन ?
यस ईकाई खरिद गर्नका लागि निम्न संकलन केन्द्रहरुमा रकमसहित आवेदन फारम बुझाउन सकिनेछ ।
