रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पाँच लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार (वैशाख २४ गते) रैराङलाई पाँच करोड ६० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अनुमति दिएको हो ।
१४ लाख कित्ता आईपिओ जारी गर्ने घोषणा गरेको रैराङले पहिलो चरणमा स्थानीयका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले स्थानीयबासीलाई सेयर बिक्री गरेपछि आठ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ भएको छ । यो रेटिङले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।