Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय बीमा कम्पनीले एफपिओ निष्काशन गर्ने

२०७४ बैशाख २४ गते

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०ः३० कायम गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ । हाल कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत र सर्वसाधारणसँग १९.५४ प्रतिशत सेयर रहेको छ । 

कम्पनीले शुक्रबार तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक सम्पन्न गर्यो । ०७५ असार मसान्तसम्ममा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कम्पनीले एक सय १४ दशमलव २२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गर्यो । साथमा, सो साधारणसभामार्फत एफपिओ निष्काशनको बाटो समेत खुला गर्यो । कम्पनीले बोनस सेयर वितरण गरेपछि एफपिओ निष्काशन गर्न विशेष साधारणसभा डाक्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो । 

हाल राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख ३९ हजार पाँच सय रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया पुग्नेछ । त्यसपछि कम्पनीले एफपिओ जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । 

Ad