लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने लक्ष्मी इक्विटी फण्डको इकाईको सार्वजनिक निष्काशन तथा विक्री शुक्रबार (वैशाख २२ गते) देखि खुला गरिएको छ । यस म्युचुअल फण्डले १० करोड इकाईको सार्वजनिक निष्कासन तथा विक्री खुला गर्न लागेको हो । योजना व्यवस्थापकको कार्य गर्ने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गते निष्काशन बन्द हुने बताइएको छ ।
कहाँ बुझाउने आवेदन ?
यस ईकाई खरिद गर्नका लागि निम्न संकलन केन्द्रहरुमा रकमसहित आवेदन फारम बुझाउन सकिनेछ ।