नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान नम्बर अनिवार्य गर्न अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । प्यानमा दर्ता भएपछि लगानीकर्तालाई सहज हुने र सरकारलाई पनि कर उठाउन सरल पर्ने भन्दै धितोपत्र बोर्डले नयाँ बजेट मार्फत लगानीकर्तालाई प्यान नम्बर अनिवार्य गर्न अर्थ मन्त्रालयमा सुझाव पेश गरेको हो ।
अहिलेसम्म नाफा कमाउँदा हरेक पटक कर तिर्ने गरेका छन् । तर, घाटामा लगानीकर्ताले कुनै सहुलियत पाउने गरेका छैनन् । प्यान नम्बर भए पछि भने यो अवस्थाको अन्त्य हुनेछ । प्यान नम्बर भएमा लगानीकर्ताले समग्र नाफा घाटा हिसाब गरि बार्षिक खुद लाभमा मात्र कर तिर्दा हुने बोर्डको भनाइ छ । यसले सरकारलाई पनि करदाताको संख्या र तथ्यांक अद्यावधिक गर्न सजिलो हुनेछ ।