Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक करोड १४ लाख कित्ता एफपीओ जारी गर्दै एनएमबि बैंक

२०७४ बैशाख २० गते

एनएमबि बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले एफपिओ जारी गरेर संस्थापक तथा साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको हो ।

बैंकको गत पुषमा सम्पन्न २१ औँ साधारणसभाले थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  हाल बैंकको छ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको छ । एफपीओ जारी गरेपछि बैंकको पुँजीमा एक अर्ब १४ करोड रुपैयाँ थपिनेछ भने प्रिमियमवापतको रकम जगेडा कोषमा जानेछ । बैंकले प्रिमियम मूल्य निर्धारण गरेको छैन । 
 

Ad