Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता आईपिओ जारी गर्ने

२०७४ बैशाख १८ गते

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।  चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले पहिलो चरणमा कर्मचारीका लागि सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले गत वैशाख १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

पहिलो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । तीन अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारण सेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी सेयर निष्काशन गर्न लागेको हो । 

पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक शेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत सेयर निष्काशन हुनेछ । उक्त आईपिओ निष्काशनको लागि कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

परियोजना निमार्णका लागि सञ्चय कोषले तीन अर्ब ६५ करोड रुपैयाँ ऋण दिएको छ । सञ्चय कोषलाई साढे १९ प्रतिशत सेयर दिने सम्झौता २०६७ सालमा नै भएको बताइएको छ । रसुवामा अवस्थित सान्जेन जलविद्युतले १४.८ मेघावाट माथिल्लो सान्जेन र ४२.५ मेघावाटको तल्लो सान्जेन निर्माण गर्दैछ ।