Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

४० प्रतिशत हकप्रद सेयर जारी गर्दै नेपाल एसबीआई बैंक

२०७४ बैशाख १५ गते

नेपाल एसबीआई बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट बैशाख ११ गते अनुमति पाएको हो ।

नेपाल एसबीआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल नेपाल एसबीआई बैंकको चुक्तापुँजी पाँच अर्ब तीन करोड ९८ लाख ७३ हजार तीन सय रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब तीन करोड १८ लाख १५ हजार छ सय रुपैयाँ पुग्नेछ ।